arrow

कोरोना संक्रमण बढ्दै, थप २५ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
corona-variant.jpg

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार संक्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा संक्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा संक्रमण पुष्टि भएको थियो ।    

हालसम्म छ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ संक्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमबार एक हजार २५८ संक्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एक हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए ।  

काठमाडौँ उपत्यकामा ७१९ संक्रमित थपिए 
काठमाडौँ उपत्यकामा पछिल्लो समय ७१९ संक्रमित थपिएका छन् । काठमाडौँका ५३१, भक्तपुरका ४१  तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । सोमबार उपत्यकामा ४७४ संक्रमित थपिएका थिए । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार उपत्यकामा ३३४ संक्रमित थपिएका थिए भने काठमाडौँका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ संक्रमित रहेका थिए ।  

२५ संक्रमितको मृत्यु    
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २५ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ