काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी केन्द्रको दलको बैठकले प्रधानमन्त्री देउवालाई एक मतका साथ विश्वासको मत दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बैठकको निर्णय रहेको सुनाए । उनले पहिले समर्थन गर्ने भन्दना विश्वासको मत दिने सांसद देउवाका पक्षमा बढी हुनेसमेत दाबी गरे ।
प्रधानमन्त्री देउवाले आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन् । त्यसका लागि प्रस्ताव संसद सचिवालयमा दर्तासमेत भइसकेको छ ।
गत २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेस माओवादी केन्द्रसहितको पाँच दलीय गठवन्धनबाट प्रधानमन्त्री बनेका हुन् ।