काँग्रेस महाधिवेशन र सरकारका विषयमा तीन कोइरालाबीच छलफल
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन २ शनिबार
788
Shares
काठमाडौँ। पार्टी पदाधिकारी बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाएपछि नेपाली काँग्रेसका नेताहरू फेरि आपसी रणनीति बनाउन व्यस्त छन्।
केही समय अघि उपसभापति विमलेन्द्र निधिबाट सुरु भएको लन्च मिटिङको सुरुवात विभिन्न नेताहरूले जारी राखेका छन्। निधी हुँदै डा शशाङ्क कोइराला र प्रकाशमान सिंहको निवासमा समेत भएको लन्च मिटिङ र भेटघाटको शृङ्खला अन्य नेता हरूको मा पनि जारी छ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले संस्थापन इतरका पार्टी सभापतिका आकाङ्क्षी हरुलाई एक ठाउँमा राखेर साझा उमेद्वारा बनाउन दबाब सिर्जना गरेका थिए भने दोस्रो पुस्ताका नेताहरूसँग पनि छुट्टै भेटघाट राखेर नेतृत्व तहलाई दबाब बढाएका थिए। यही बीचमा सुजात कोइरालाले पनि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग एकै पटक भेट गरिन्।
शनिवार भने काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले आफ्ना दाइ र दिदीलाई महाराजगन्जस्थित कोइराला निवासमा निम्त्याएर लन्च मिटिङ गरेका छन्। १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न भन्दै कोइराला परिवार लन्च मिटिङमा बसेका हुन्।
तीद्शेद कोइरालाबीचमा खास गरी आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको छ। क्रियाशील सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महामन्त्री कोइराला निकट स्रोतले जनाएको छ।
सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा सरकार विस्तारको तयारीमा रहेकै बेला सरकारमा पठाउने नामको बारेमा पनि तीन कोइरालाबिच छलफल भएको छ।