-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ७६८ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ पुगेको छ ।