मनसुनी वायुको प्रभाव कायमैः केही स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
1.3k
Shares
काठमाडौं । मनसुन सक्रिय रहेकाले शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान गरेको छ । यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।