arrow

'एक्सन'मा सुनिता

सुनिताले दिइन् शान्ति बाटिकामा रहेका अनधिकृत संरचना हटाउन नगरप्रहरीलाई निर्देशन

गणेशमान सिंहको सालिक तथा नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर सोको तस्बिरसहित सम्बन्धित वडाध्यक्ष र महानगरलाई आजै अपडेट गराउन नगरप्रहरीलाई कडा निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
sunita-dangolss.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शान्ति बाटिकामा रहेका अनधिकृत संरचनाहरू तत्काल हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छिन् ।

काठमाडौँ महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले शान्ति बाटिकाभित्रका संरचना हटाउन कानूनी रूपमा कुनै पनि व्यवधान नरहेको स्पष्ट पारिन् ।

उनले त्यहाँ रहेका गणेशमान सिंहको सालिक तथा नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर सोको तस्बिरसहित सम्बन्धित वडाध्यक्ष र महानगरलाई आजै अपडेट गराउन नगरप्रहरीलाई कडा निर्देशन दिइन्।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइन्। जुनसुकै कारणले रोकिएको भए पनि कर्मचारी सम्मानमा अब ढिलाइ गर्न नहुने उनको भनाइ थियो।

यसैगरी महानगरले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले भित्री सहर (कोर एरिया) र बाहिरी क्षेत्रको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी ठोस कार्ययोजना बनाउने बताइन्।

जनप्रतिनिधिहरूको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र यसबारे प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानुनी प्रक्रिया पूरा भइसकेको समेत उनले स्पष्ट पारिन्।

महानगरभित्रको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधानका लागि भूमि समस्या समाधान समितिका पदाधिकारीहरूसँग छलफल भइसकेको उनले जानकारी दिइन्। यो समस्याको दिगो समाधान खोज्नका लागि अब छिट्टै महानगरपालिकामा अर्को विस्तृत बैठक आयोजना गरिने र त्यसमा भूमि समस्या समाधान समिति तथा प्रभावित वडाका अध्यक्षहरू सहभागी भई वडागत समस्याका आधारमा गहन छलफल गरिने उनले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ