arrow

उपत्यकामा ५ सय ४३ संक्रमित थप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
corona-variant.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ संक्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । देशभर सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन् । यसैगरी  ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ