arrow

सुजिताको मृत्युले गम्भीर आशंका जन्मायो – कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको बताएको छ । नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जंंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसले बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान हुनुपर्नेुसमेत बताए । उनले अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग मागसमेत गरे । 

मुलुकका विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले सो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘यस्ता घटनाहरुको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको’ विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ