arrow

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
pradip-poudel.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । 

छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त समितिमा पौडेलसहित आनन्द ढुङ्गाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ