arrow

कोरोना निको हुने दर ९४  प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना  सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३४  सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौहजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ । 

त्यस्तै  सोही अबधिमा देशभर तीन  हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  सङ्क्रमणको निको हुने दर ९४  प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६००  सङ्क्रमित निको भइसकेको जनाइएको छ ।

 हालसम्म  ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ