arrow

खोप ल्याउन चीन जाँदै निगमको जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
nepal-airlines-narrowbody.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज जुलाई ८ अर्थात् असार २४ गते चीन जाने भएको छ। नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रसाद पौडेलले हाम्राकुरासँग बोल्दै ८ तारिकमा चीन जाने तयारी गर्न भनिएको बताएका छन् ।

'न्युनतम १० लाख खोप ल्याउन जाने किसिमले तयारी गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट निर्देशन आएको छ, अहिले परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको छ,' महाप्रबन्दक पौडेलले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । यद्यपि, कति डोज खोप खरिदको सम्झौता भएको छ भन्नेबारे उनले जानकारी नभएको बताए ।

चीनले सुरुदेखि नै गोप्य सम्झौता अनुसार खोप बिक्री गर्ने भन्दै आएको थियो । तर, नेपालको विद्यमान कानुनले यसरी खरिद गर्न नमिल्ने हुँदा पहिलो चरणको खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यद्यपि, अहिले दोस्रो पटक भने मन्त्रिपरिषद्बाटै निर्णय भएर चीनबाट गोप्य सम्झौता अनुरूप खोप खरिद गर्ने तयारी भएको हो । चीनको खोपको मूल्य नाफासहित ५ डलर तोकिएको थियो । यद्यपि, अहिले चीनले १५ विभिन्न देशहरुसँग १५देखि २० डलरमा खोप बिक्री गर्ने तयारी गरेको छ ।

यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पर्सिदेखि चाहिने जति भ्याक्सिन आउने भन्दै भ्याक्सिनको कमी नहुने दाबी समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ