arrow

टेष्ट च्याम्पियनशीपको फाइनल बराबरीतर्फ, कोहलीको सफल रणनीतिले गर्नेछ नतिजाको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
test-india-newzealand.jpg

काठमाडौं । वल्ड टेष्ट च्याम्पियनशीप क्रिकेटको फाइनलमा भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । वर्षाले पटक पटक अवरुद्ध गरेको खेलमा न्यूजिल्याण्ड बलियो स्थितिमा रहेको छ । सोमबार चौथो दिनको खेल गर्दै गर्दा न्यूजिल्याण्डले ब्याटिङ्ग लाइन अगाडि बढाउने छ । 

साउथह्याम्पटनमा जारी खेलमा भारतलाई २१७ रनमा अलआउट गरेको घरेलु टिमले संयमित ब्याटिङ्ग गर्दै तेस्रो दिनको समाप्तिसम्म २ विकेटको नोक्सानीमा १०१ रन बनाएको छ । पहिलो इनिङ्समा न्यूजिल्याण्ड ११६ रनले पछि रहेको छ ।

न्यूजिल्याण्डका लागि ओपनर डेभोन कन्वेले १५३ बलमा ५४ रन बनाएर आउट भए । पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्ने क्रममा टम लाथम ३० रन जोडेर आउट भए । 

भारतका इशान्त शर्मा र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।

सोमबार चौथो दिन कप्तान केन विलियम्सन १२ र रोस टेलर ० रनबाट अगाडि खेल्नेछन् । दुवैबीचको जोडी जम्यो भने भारतलाई समस्या पर्नेछ । 

चौथो दिनले नै फाइनलको नतिजा कता जान्छ भन्ने निक्र्योल हुनेछ । 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पहिलो इनिङ्समा २१७ रन जोड्न सक्यो । अजिन्क्या रहानेले  ४९, कप्तान विराट कोहलीले ४४ तथा रोहित शर्माले ३४ रन बनाए ।

भारतले अन्तिम ७१ रन जोड्नका लागि ७ विकेट गुमाएको थियो । भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका कायल जेमाइसनले ३१ रन खर्चेर ५ विकेट लिए । 

ट्रेन्ट बोल्ट र निल वाग्नेरले २–२ विकेट लिए । टिम साउथीले १ विकेट लिए । 

यस टेस्ट च्याम्पियनशीपको विजेताले १६ लाख अमेरिकी डलर र उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छ । 

तर खेल बराबरीतर्फ अगाडि बढेकाले बराबरीमा सकिए उपाधि बाँडिने छ । चौथो दिन कप्तान विराट कोहलीले नयाँ रणनीति अपनाउन सके भने टिमले जित्नेछ । 

उनी सबैभन्दा बढी टेष्ट क्रिकेटमा कप्तानी गर्ने भारतीय कप्तान पनि बनेका छन् । उनले महेन्द्र सिंह धोनीको ६० टेष्टको रकेर्डलाई पछाडि छोडेका छन् । उनको जारी टेष्ट कप्तानी ६१ औं हो । 

जसमा जितमा पनि उनी अगाडि छन् । विराटले ३६ खेल जित्दा धोनीले २७ खेलमात्र जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ