arrow

टेष्ट च्याम्पियनशीपको फाइनलमा न्यूजिल्याण्डविरुद्ध संयमित भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
kohli-rahane.jpg

काठमाडौं । वल्ड टेष्ट च्याम्पियनशीप क्रिकेटको फाइनलमा भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् । फाइनलमा भारतले पहिले ब्याटिङ्ग गरिरहेको छ । तर वर्षाले गर्दा भने खेल अवरुद्ध हुँदै आएको छ । 

साउथह्याम्पटनमा जारी फाइनलको पहिलो दिन वर्षाले एक बलको खेल पनि भएन । दोस्रो दिन शनिबार ६४.४ ओभरको खेल सम्भव भयो । खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले ३ विकेटको नोक्सानीमा १४६ रन बनाएको छ । 

पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा रोहित शर्माले ३४ र शुबमन गिलले २८ रन बनाए । तर त्यसपछि लगातार ३ विकेट ढल्यो । ८८ रन बनाउँदा ३ विकेट गुमाइसकेको भारतका लागि चेतेश्वर पुजाराले ८ रन मात्र बनाए । 

त्यसपछि आएको कप्तान विराट कोहली र अजिन्क्या रहानेको जोडीले उत्कृष्ट साझेदारी गरिरहेको छ । कोहली ४४ र रहाने २९ रनमा नटआउट छन् । 

अहिलेसम्म दुवै टिम बराबरीको स्थितिमा देखिएका छन् । कोहली र रहानेको साझेदारीले अबको दिशा तय गर्नेछ । कोहलीले आफूलाई अब्बल कप्तान सावित गर्ने यो सुनौलो अवसर पनि हो । 

उनी सबैभन्दा बढी टेष्ट क्रिकेटमा कप्तानी गर्ने भारतीय कप्तान पनि बनेका छन् । उनले महेन्द्र सिंह धोनीको ६० टेष्टको रकेर्डलाई पछाडि छोडेका छन् । उनको जारी टेष्ट कप्तानी ६१ औं हो । 

जसमा जितमा पनि उनी अगाडि छन् । विराटले ३६ खेल जित्दा धोनीले २७ खेलमात्र जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ