arrow

युरोकपअघि साविक विजेता पोर्चुगलको शानदार मैत्रिखेल, रोनाल्डोको गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
portugal-football.jpg

काठमाडौं । यस वर्षको युरो कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगिताअघिको मैत्रिपूर्ण खेलमा साविक विजेता पोर्चुगलले शानदार प्रदर्शन गरेको छ । 

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरेललाई ४–० गोल अन्तरले हरायो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई तथा क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे ।

खेलको ४१ औं मिनेटसम्म भने इजरेलले गोलरहित बराबरीको खेल खेल्न सफल भएको थियो । 

युरोकपमा पोर्चुगल
पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेका छन् । 

पोर्चुगलको पहिलो खेल हंगेरीसँग हुनेछ । 

प्रतियोगिता एक महिनासम्म चल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ