arrow

संक्रमणबाट न्यायाधीशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
courts.jpeg

काठमाडौँ । कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
    
कोरोना संक्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ