arrow

दलाई लामाले लेडी गागालाई छोएपछि चीनमा हंगामा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
gaga-2.jpeg.jpeg
एजेन्सी । पप गायिका  लेडी गागालाई दलाई लामाले छोएको भन्दै चीनमा हंगामा मच्चिएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार  लेडी गागालाई चीनको कम्युनिस्ट सरकारले विदेशी दुश्मनको सूचीमा राखेको छ। लेडी गागाका पौने तीन करोड भन्दा ज्यादा एल्बम बिकिसकेको छ ।  
लेडी गागाले आफ्नो फेसबुक एकाउण्टमा  दलाई लामासँग भेटेको १९ मिनट लामो भिडियो पोष्ट गरेकी थिइन्।
 
सो भिडियोमा दुवैले  ध्यान, मानसिक स्वास्थ्य र समाजबारेमा कुराकानी गरेका थिए। सो भेटघाटलाई चीनका अधिकारीले रिसाउदै  दलाई लामालाई‘भिक्षुको भेषमा एक भिडियो  ’नाम दिएका छन्  ।
 
मार्च १९५९मा निर्वासनमा गएका दलाई लामा तिब्बतका वासिन्दाको लागि चीनियाँ शासन भन्दा ज्यादा स्वायत्तता हासिल गर्न चाहन्छन् ।
 
हङकङको एप्पल डेलीका अनुसार, गागाको भेटघाट पछि  कम्यूनिस्ट पार्टीले लेडी गागालाई चीनमा प्रतिबन्धित गर्न निर्देश जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ