arrow

पाशुपति क्षेत्रमा पाँच दिने बृहद योग शिविर सुरु

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
yogsuru.jpg.jpeg
काठमाडौं। अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पशुपतिनाथ मन्दिर परिषरमा साँस्कृतिक कार्यक्रमसहित पाँच दिने बृहद योग शिविर सुरु भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचार संघको संयुक्त आयोजना र नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाडौंको र गंगाचार्य सह आयोजक रहेको शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गरेका हुन ।  
 
पाँच दिने योग शिविरमा नेपाललगायत भारतका प्रशिद्ध योग गुरुहरुले योग प्रशिक्षण दिनुका साथै कलाकारहरुले भक्तिज्ञानसहितका बृहद साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् ।  योग शिविरको उद्घाटन गर्दै सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले योगको उद्गम स्थल नेपाल कैलाश पर्वत र पाशुपत क्षेत्र भएकोले यसको प्रचार प्रसारबाट नेपाललाई विश्वमाझ परिचय गराउन सकिने तर्क गरे ।
 
उनले योगलाई विश्वव्यापी गराएर नेपाललाई चिनाउन सफल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिदै योग कुनै जात, धर्म, सम्प्रदाय केन्द्रीत नभई मानवीय जीवनलाई स्वस्थ्य र तन्तुरुस्ती राख्न सबैले योग गर्नु पर्ने बताए । 
 
अन्तर्राष्ट्रिय योग दिवस आयोजक समितिका संयोजक केदारमान भण्डारीले नेपालमा योगलाई सर्वव्यापी बनाउने उद्देश्यले पाँच दिन शिविर राखिएको बताए । उद्घाटन कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्माङ्गद कटवाल, बरिष्ठ स्त्री रोग विषशेज्ञ डा. भोला रिजाल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डललगायतभारतबाट आउनुभएका धर्मगुरुहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ