arrow

रक्तदाता दिवसमा रक्तदातालाई सम्मान

logo
प्रेम रौले,
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
raktadata.jpg.jpeg
बाजुरा  । विश्व रक्तदाता दिवसका अवसरमा बाजुरामा  २४  जनालाई सम्मान गरिएको छ।  रक्तदान जीवन दान भन्दै जिल्लामा रगत अभाव भएका विरामीलाइ रक्तदान गर्नेलाई मंगलबार सम्मान गरेको हो । जिल्ला स्वासथ्य कार्यालय बाजुरामा रगत कमीका कारणले विरामीहरुले छटपटाइ रहेका अवस्थामा रगत दिने दाताहरुलाइ सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका मन्त्री रम बहादुर शाहीले बताएका छन् । 
 
सम्मानित व्यक्तिहरुलाइ फुलमाला र  अविरले सम्मान  गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा र हेल्पिंङ्ग नेटवर्क बाजुराले संयुक्त रुपमा कार्यक्रम  आयोजना गरी  सम्मान गरेका हुन् । मानिसको अमुल्य जीवनलाइ बचाउन सघाउ पु¥याउने दाताहरुलाइ एक कार्यक्रका वीच सम्मान गरिएको हेल्पिंङ्ग नेटवर्क बाजुराका अध्यक्ष अर्जुन शाहले बताएका छन् । 
 
सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटी,पत्रकार दयाराम पण्डित,जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा कार्यरत कर्मचारी  डाक्टर राजन न्यौपाने,सिअहेव टेक बहादुर खड्का,मान हमाल,प्रभा कुमारी भण्डारी,महेश चौधरी,सुधन गौतम,दिल बहादुर बोगटी,दुर्गा बजगाइ  करे रावल यसैगरी समरजीत गुल्मका गणेश ठगुन्ना,गगन तामाङ रुपेश आलेमगर,रामकृष्ण नेपाली,किरण ओली त्यस्तै खेल प्रशिक्षक योगेन्द्र थापा पत्रकार प्रेम रौले नेपाल रेडक्र सोसाइटी बाजुरामा कार्यरत सिङ्गे बोहरा, जिल्ला प्रहरी कार्यालय बाजुराका जवान पुरन बोहरा यसै गरी विमला थापा दिपक थापा लाइ सम्मान गरेको छ । 
 
उनीहरुलाइ प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ र जिल्ललामा रहेका राजनैतिक दलका प्रतिनिधीहरुले दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेका छन् । जिललामा रगत अभावका कारणले ज्यान जोखिममा रहेका अवस्थामा रगत दान गर्नेहरुलाइ एक औपचारिक कार्यक्रममा वीच सम्मान गरिएको हो । 
 
सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले रगत दना गर्न सबै रक्तदाताहरुलाई बाधाइ तथा आगामी दिनहरुमा सहयोग गर्न आगैह गरेका छन् । आर्थिक अभावका कारणले रगत अभावमा जीउने अधिकांश विरामीहरुले अबका दिन देखि समस्यामा कमी आउने बताएका छन् । यस्तै नेपाली काँग्रेस महासमिति सदस्य जुना दानीले रगत दान गर्नु नै पुण्य कमाउनु भएकाले सबै महिलाहरुले रगत दिन तयार  हुने बताइन् ।
 
 यस्तै नेकपा एमाले प्रचार विभाग प्रमुख अमर खड्काले जिल्लामा ब्लड बैंक स्थापना भएकाले रगत दिनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री रम बहादुर शाहीले ब्लड बैंक स्थापना भए पनि बैंकमा रगत नभए त्यसको कुनै औचित्य नहुने बताएका छन् । बाजुरामा रगत अभावले जिल्ला स्वास्थ कार्यालय बाजुरामा उपचार गर्न आएका विरामीले सास्ती  भोग्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ