arrow

कोरियन एयरकाको इन्जिनमा आगोलागेपछि ३ सय यात्रुको उद्वार

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
korean-air-plane.jpg.jpeg
टोकियो। जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ ।
 
जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो ।
 
हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो ।
 
बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्वार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए ।
 
सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका प्रवक्ताले भनेका छन्– विमानको इन्जिन नम्बर १ मा आगो लागेको देखिएपछि आकस्मिक सेवामार्फत उद्वार गरिएको छ ।
 
जापानको यातायात मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्तिमार्फत उड्ने तयारीमा रहेको विमानमा आगो देखिएको जनाएको छ ।
 
विमानले सबै तयारी सकेर उड्ने तरखर गरिरहँदा अकस्मात आगोको मुस्लो देखिएको र त्यसपछि लगत्तै आपतकालीन सेवामार्फत विमानबाट यात्रुलाई बाहिर झिक्ने काम भएको समाचारमा जनाइएको छ ।
 
उद्वारका सकुशल रुपमा भएको र यसबाट कुनैपनि यात्रु घाइते नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ । रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ