arrow

छिन्ताङ रोयो पिस्करसँगै सुखानी नि रोयो

logo
शैलेन्द्र थापा,
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Shailendra-Thapa.jpg.jpeg
छिन्ताङ रोयो पिस्करपिस्करसँगै  सुखानी नि रोयो
टिम्मुर बोटे दाङले कठै रगत्ले मुख धोयो//
साँफे बगर बेनी बजार सल्लेरी र जुम्ला
रुम्जाटारमा बम हानिदा देशले होस फोयो//
झेल्दै होलेरी प्राण संकट खबर सुन्दा ताजा
रक्तमुछेल रौतहट त्यो चित्त सब्को छोयो//
लडाँई थियो पुरातन र नौलो सत्ता बिच
सोझो दुनिया सोचे सबले हाम्रैलागी हो’यो//
देख्छौँ अचेल घोडा जातका चढ्ने कोहि क्षेत्र
हाम्रो भनेर हिड्दा खुस्कियो मिलनको पोयो//
वलिदान त्यो सबै बुझियो खेर गयो आज
खाए मिलेर नँया-पुराना हाम्रा भाग्मा कोयो//
 
यो वा त्यो पक्ष प्रति लक्षीत नभएर यो देशमा आजसम्म देखिएको आम प्रवृति माथिको टिप्पणी हो यो। राजनीति देश र जनताको सेवा र बिकासका निम्ती हुनुपर्ने हो, तर यँहा सधै देश र जनताले चाहेको भन्दा पृथक हिड्ने प्रतिपक्ष जस्तो भएको छ। पुगेकालाई टिक्न र पुग्न लागेकालाई त्यहाँ पुग्न हतारो छ। टिकेर वा पुगेर के गर्ने ? यस्को जवाफ कसैले दिनु पर्दैन। सरकार बनाउने र बिगार्ने खेलमा देखिने गरी बाहिय हस्थछेप हुँदा पनि कहिल्यै सूर्यास्त नहुने साम्राज्यबाट पुर्खाले जोगाएको स्वतन्त्र अस्तित्व जोगाउने जिम्मा लिएका जिम्मेवारहरूलाई किन्चीत पनि लज्जाबोध हुँदैन, बरु त्यस्तो कुकर्मका लागी उक्साउनु बाहादुरी ठान्छन्। देशी विदेशी प्रतिक्रियावाद र दासताका बिरुद्धमा लडेर वलिदान दिने वीर शहिदहरूको रगतको मूल्य विश्वका कुनै पनि भागमा यति सस्तो भएको छैन होला !! नेपालको कुन भाग होला जहाँ शहिदको रगतले लत्पतिएको माटो नहोस्? हे यो देशका राजनीति गर्नेहरू, त्यो माटो उठाएर सुँघ, प्रथम शहिद लखन थापा देखी अहिले सम्म भएका हज्जारौँ हज्जार शहिदहरूको रगतले सोध्ने छ, के हाम्रो वलिदान केबल ज्यूँदाहरूका निम्ती सत्ता प्राप्तिको भर्‍याङ मात्र थियो ???
 
कर्तव्यको वलिवेदीमा देखेँ कच्चा खेलाडी तिमी
लक्ष लेख्नुको बनेर देखाऊ सच्चा खेलाडी तिमी//



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ