एजेन्सी । बलिउडका दुई सुपरस्टार- शाहरुख खान र सलमान खान बीच ईदमा हुने टकराव रोकिएको छ । दुवै स्टार्स बीच बस्तविक जिवनमा टकराव नभएर एकै समयमा चलचित्र रिलिजको डेटमा हुने टकराव टरेको हो ।
शाहरुखको आगामि चलचित्र 'रईस' को रिलीज अब अर्को बर्ष हुने भएको छ । 'रईस' २६ जनवरी २०१७ मा रिलीज हुनेछ । तर सलमानको चलचित्र 'सुल्तान' भने यहि बर्षको ईदमा रिलिज हुदैछ ।
'रईस' को निर्माण शाहरुख खानको कम्पनी रेड चिलीज एन्टरटेनमेन्ट, फरहान अख्तर र रितेश सिधवानीको एक्सेल एन्टरटेनमेन्टले गर्दैछ । चलचित्रका निर्माताहरुले दिएको एक अन्तरवार्तामा चलचित्र रिलीज गर्नु सहि समय आवश्यक हुने बताएका थिए ।
उनले भने,' 'रईस' लाई लिएर दर्शकहरु उत्षाहि छन् । तर यस प्रकारले ठुलो ब्यानरको चलचित्रलाई उचित समयमा प्रस्तुत गर्नु आवश्यक छ ।' यसकारण चलचित्रको रिलीज सन् २०१७ मा गर्ने निर्णय गरिएको हो ।
शाहरुखले पहिले पनि एक इन्टभ्युमा बक्स अफिसमा सलमानसँग टकराव नगर्ने संकेत गरेका थिए । रोचक कुरा के छ भने सन् २०१७, २६ जनवरीमा अजय देवगनको चलचित्र बादशाहो र ऋतिक रोशनको चलचित्र काबिलको रिलीज हुने मिति पहिलेनै निर्धारित भएको छ ।
यसर्थ शाहरुखको चलचित्रको टकराव सलमानसँग नभएर आउदो बर्ष अजय देवगन र ऋतिक रोशनसँग हुनेछ ।