arrow

प्रसिद्ध नाटककार सेक्सपियरलाई चिन्ने बेलायति भन्दा भारतिय बढि : सर्वेक्षण

logo
अदिती खन्ना,
प्रकाशित २०७३ वैशाख ८ बुधबार
shakespeare2_042314011036.jpg.jpeg
लण्डन (बेलायत) । अङ्ग्रेजी भाषणका सुप्रसिद्ध नाटककार तथा कवि विलियम सेक्सपियर र उनको जन्मभूमि बेलायतमा भन्दा भारतमा बढी प्रसिद्ध भएको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षणले जनाएको छ । ब्रिटिस काउन्सिलले १५ देशका १८ हजार मानिससँग प्रसिद्ध कवि तथा नाटककार सेक्सपियरको मृत्यु भएको ४००औँ पुण्यदिवसमा गरिएको सर्वेक्षणमा ८३ प्रतिशत भारतीयले उनलाई चिनेको बताएका थिए । तर बेलायतमा भने ५७ प्रतिशत नागरिकले उनलाई चिन्ने बताएका जनाइएको छ । 
 
‘अलद वर्डस’ नाम दिइएको सर्वेक्षणमा नाटककार सेक्सपियरलाई अन्य मुलुकको नागरिकको तुलनामा बेलायती नागरिकले कम चिन्ने जनाएका बताइएको छ । धेरै मानिसले सेक्सपियरका कारण बेलायतप्रति सकारात्मक रहने गरेको बताइरहँदा बेलायती नागरिकले नै सेक्सपियरबारे कम जान्नु आश्चर्यजनक भएको देखिएको छ । 
 
मेक्सिकोमा ८८ प्रतिशत र ब्राजिलमा ८४ प्रतिशतले नाटककार सेक्सपियरलाई जानेको बताइएको छ । उनीहरुमध्ये केहीले सेक्सपियर जन्मेको देश भएका कारण आफू एकपटक बेलायत पुग्न चाहेको बताएका थिए । सेक्सपियरको मृत्यु भएको ४०० वर्षपछि पनि उहाँका कृति तथा फुटकर कविताहरु विश्वभर विशेष महत्वका साथ पढाइने गरेको सर्वेक्षणमा नेतृत्व गरेको ब्रिटिस काउन्सिलमा सेक्सपियरको जीवनी सम्बन्धमा कार्यरत निर्देशक रोजम्यारी हिलहट्सले बताए । 
 
बेलायतमा सेक्सपियरद्वारा लेखिएको कृति उनकै भाषामा पढाइने गरिए पनि अन्य देशमा उनको मौलिक कृतिका अतिरिक्त अनुवाद गरिएका संस्करणहरु पनि पढाइने गरेको हिलहट्सले बताए । सेक्सपियरका कृतिलाई संसारका १४० भन्दा बढी देशमा पुर्‍याउनु व्यवस्थित तरिकाले गृहकार्य गरिँदै भएको ब्रिटिस काउन्सिलले बताएको छ । पीटीआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ