arrow

नेपाली फुटबलका तारा नवयुग भन्छन्, ‘फाइनल जितेर फेरि खुसी ल्याउँछौं ’

माल्दिभ्सविरुद्ध सेमिफाइनलमै दोस्रो, अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो ह्याट्रिक

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
nabayug-nya-pose.jpg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हाल सम्म ह्याट्रिक गर्ने कीर्तिमान पाँच खेलाडीका नाममा छ । १९८७ देखि सुरु भएको कीर्तिमानी यात्रा पाँचौ खेलाडी नवयुग श्रेष्ठ सम्म आइपुग्दा नेपाली फुटबल एक शिखर चढेको छ । त्यतिमात्र नभइ नेपाली फुटबलले एकै वर्ष तीन ह्याट्रिक हासिल गर्दा दुई सफतला हाल पारेको छ । २३ वर्षपछी उपाधि खडेरी तोड्दा नेपालले १७ वर्षपछि दक्षिण एसियाली फुटबलमा आफुलाई उपाधि दावेदारको रुपमा उभ्याएको छ । 
 
दक्षिण एसियाली फुटबलको १२ औं संस्करण नेपाल उपाधि नजिक पुग्यो । जुन यात्रा तय गर्न नेपाली टोलीकातर्फबाट नवयुग श्रेष्ठले गरेको दोहोरो ह्याट्रिय मूल अस्त्र बन्यो । १२ औं सागमा नवयुगले दोस्रो ह्याट्रिक गर्दै एकै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो ह्याट्रि गर्ने कीर्तिमान बनाएका छन् । नेपाली फुटबल इतिहासमा हाल सम्म कीर्तिमान बनाउनेहरुलाई यसअघिनै उछिनेका उनले सागमा पहिलो ह्याट्रिक भुटानविरुद्ध गरे । अब नवयुग नेपाली फुटबलका ‘तारा’ बनेका छन् ।  
 
बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपमा उत्कृष्ठ लय पक्डेका नवयुग श्रेष्ठले सागको समूह चरणको पहिलो खेलमा भुटानविरुद्ध ह्याट्रिक गरे । जसको मद्दतले नेपाल ५–० को शानदार जित हासिल गर्न सफल भयो । भारतको गुवाहाटीमा भएको खेलमा नेपालका लागि विशाल राई र अन्जन बिष्टले १–१ गोल गरे । पहिलो हाफमा २–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो । नेपाली फुटबलका आकर्षण नवयुगले खेलको ३३, ७५ र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका उनले नेपाली फुटबल इतिहासमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीको सूचिमा नाम लेखाएका थिए । 
 
माल्दिभ्सरिुद्ध सेमिफाइनलमै दुई ह्याट्रिक 
नवयुगले एकै वर्ष माल्दिभ्सविरुद्ध दोहोरो ह्याट्रिक गरेका छन् । मालदिभ्सविरुद्धको पहिलो ह्याट्रिकले बंगबन्धु गोल्डकपको उपाधि दिलाउन सफल भयो । यस्तै, माल्दिभ्स विरुद्धकै दोस्रो ह्याट्रिक सागको फाइनल यात्रा तय गर्न निर्णायक बन्यो । बंगबन्धु गोल्डकपको सेमिफाइनल खेलमा नवयुगले माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दै फाइनल यात्रा तय गरेका थिए । जहाँ नेपाल ४–१ ले विजयी भएको थियो ।
 
सागमा समेत सेमिफाइनलमै माल्दिभ्सविरुद्ध उनले ह्याट्रिक गरे । फाइनल यात्रा तय गरे । नवयुगले हाम्राकुरासंग भने,‘टोलीलाई जिताउने हाम्रो लक्ष्य हो, सागको फाइनल जित्ने गरी हामी लागेका छौं, हामी अझै सशक्त प्रर्दशन गर्ने छौं ।’ सम्भवतः सबैले राम्रो गरे हामी साग फाइनल जित्ने छौं । नवयुग साथीहरु सबैको समन्वय भए प्रतियोगिता जित्न सकिनेमा दृढ छन् ।   
 
नवयुगले हाम्राकुरासंग भने,‘टोलीलाई जिताउने हाम्रो लक्ष्य हो, सागको फाइनल जित्ने गरी हामी लागेका छौं, हामी अझै सशक्त प्रर्दशन गर्ने छौं ।’ सम्भवतः सबैले राम्रो गरे हामी साग फाइनल जित्ने छौं । नवयुग साथीहरु सबैको समन्वय भए प्रतियोगिता जित्न सकिनेमा दृढ छन् ।   
नेपाली फुटबलका सफलता 
दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ हालसम्म नेपाल दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको छ । नेपालले अन्तिम पटक सन् २००६ मा कांस्य पदक जितेको थियो ।  नेपालले सन् १९८४ मा काठमाडौंमा भएको तत्कालिन साफ गेम्स र १९९३ मा बंगलादेशको ढाकामा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जितेको थियो । नेपालले सन् १९८७ मा भारतको कोलकाता र १९९९ मा काठमाडौंमै भएको सागमा रजत पदक जितेको थियो । नेपालले १९८५ मा बंगलादेशको ढाका र सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको सागमा कास्य हात पारेको हो । दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबल सन् २००३ देखि यू–२३ टिममा खुम्चियो ।
 
अन्तर्राष्ट्रिय गोल करिअर नै ह्याट्रिकबाट सुरु
११औं साफ च्याम्पियनसिप अघि नेपाल १२ खेलसम्म गोलविहिन रहँदा नेपाली फूटबल समर्थक निराश थिए । बंगबन्धु गोल्डकप दौरान नेपालले १३ खेलयता पहिलो जित दर्ता गर्दै खुसी दिन थालेको थियो । अझ सेमिफाइनलमा नवयुग श्रेष्ठले माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरे । जसकै मद्दतमा नेपालले ४–१ गोल अन्तरले हराउदै १७ वर्षयताकै सफलता पायो । उनले नेपाली राष्ट्रिय टिमलाई उपाधि यात्रा तिर मात्रै धकेलेनन् २००८ मा माल्दिभ्ससंग बेहोरेको ४–१ कै हारको बदला लिएर इतिहास सम्झाए । अन्ततः नेपालले फाइनलमा बहराइनको यू–२३ टोलीलाई हराउँदै उपाधि चुम्यो । नवयुगको पहिलो अन्तराष्ट्रिय गोल करिअर नै ह्याट्रिकबाट सुरु भयो । सन् १९९९ मा काठमडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) को फाइनल पुगे यता नेपाल कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको थिएन ।
बल भेटेपछि एकदम चाडो खेल्ने तर, बल नहुदा ढिला खेल्ने भनेर पहिले आलोचित हुदै आएका नवयुगले बंगबन्धुमा भने कुनै कमजोरी गरेनन् । जुन खेलबाट तिखारिएका उनले सागमा समेत उत्कृष्ठ लय जारी राखेको राष्ट्रिय टोली प्रशिक्षक बालगोपाल महर्जनले बताए । 
यसअघि, अन्तर्राष्ट्रिय प्रतियोगितामा विरलै मात्र ह्याट्रिक भएका छन् ।  राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ पाँचौ खेलाडी बने पनि उनले सबैको कीर्तिमान भङ्ग गरिदिएका छन् । अहिले सम्म अन्तराष्ट्रिय खेलमा ह्याट्रिक गर्नेहरुको विवरण यस्तो छ । 
 ह्याट्रिक
१. गणेश थापा स् सन् १९८७, भुटानविरुद्धको खेलमा 
२. नरेश जोशी स् सन् १९९९ श्रीलंकाविरुद्धको खेलमा 
३. निराजन रायमाझी स् सन् २००१ मकाउविरुद्धको खेलमा 
४. भरत खवास स् सन्  २०१३ नर्दन मरिना आइल्याण्डविरुद्धको खेलमा 
५. नवयुग श्रेष्ठ स् सन् २०१६ मालदिभ्सविरुद्धको खेलमा 
६. नवयुग श्रेष्ठ स् सन् २०१६ भुटानविरुद्धको खेलमा
७. नवयुग श्रेष्ठ स् सन् २०१६ माल्दिभ्सविरुद्धको खेलमा
‘नेपाली फुटबलका तारा’ नवयुग श्रेष्ठ को हुन् ? 
वि.सं. २०४७ सालमा इलामको मंगलबारे (हालको देउमाई नगरपालिका) मा बुबा चन्द्र केसर श्रेष्ठ र आमा बसुन्धरा श्रेष्ठको जेठो छोराका रुपमा जन्मिए । उनी भन्दा पछि एक बहिनी छन् । नवयुग स्कूले जीवनबाट खेल सुरु गर्दा देखि नै अब्वल थिए । स्थानीय उद्दीप क्लबले वर्षेनी आयोजना गर्ने जुनियर फूटबलमा १२–१३ वर्षको उमेरमा नै आकर्षक गोल गर्दै सबैको मन लोभ्याउथे । उनको खेल कौशलको जिल्लाभर नै चर्चा हुन थालेपछि उनी जिविस कप खेल्न इलामको टिमबाट काठमाडौ आए । नवयुगले उत्कृष्ट खेल प्रदर्शनकै  कारण २०६० र २०६१ सालमा भएको १४ वर्ष मुनिको जिविस कपको उपाधि इलामलाई दिलाए । 
 
सुरुका दिनमा भानुभक्त उच्च माविबाट खेल्ने नवयुग पछि त्रिवेणी युथ क्लब मंगलबारेका प्रमुख स्ट्राइकर थिए । कुनै बेला एक्लै, कहिले साथी भाई बटुलेर भानुभक्तको मैदानमा लगातार अभ्यासमा लागि रहने उनको मेहनती स्वभाव अझै कायम छ । जसकै बलमा उनी राष्ट्रिय टोलीमा पर्न सफल भए । नवयुगको लगाव देखेर बुबा र आमाले उनलाई खेलाडी नै बनाउने मनसाय पहिले नै बनाइसकेका थिए । र, उनको योजनामा साथ दिदै आए । भविष्य खोज्दै नवयुग काठमाडौं छिरे । केही क्लबमा ट्रायल पनि दिएपछि उनी विभागिय त्रिभुवन आर्मी क्लवबाट खेल्न थालेको पनि सात वर्ष भैसकेको छ । उनले खेलेका पछिल्ला दुवै राष्ट्रिय लिगमा सर्वाधक गोल गर्ने खेलाडीको रेकर्ड राखे । राष्ट्रिय लिगको दोस्रो संस्करणमा १४ गोल गर्दा पहिलो संस्करणमा सर्वाधिक ७ गोल गरे ।      
 
सानै कद भएपनि फुटबलमा अब्वल नवयुग सपनामा नेपालबाट खेलेको देखिरने सुनाउँछन् । यस्तै, राष्ट्रिय टोलीका कप्तान सहित प्रशिक्षक खेल मिलेमतोमा आजीवन निलम्बित भएपछि नयाँ पुस्ताले नेपाली फुटबललाई अफलतातिर मोडिसकेको छ । खेल मिलेमतोले बद्नामित भएको नेपाली फुटबल क्षेत्रको कालो वादल समेत वर्तमान नेपाली टोलीले हटाइदिएको छ । खेल मिलेमतो नै नेपाली फुटबल खस्किनुको प्रमुख कारण दियो भन्ने समेत प्रमाणित हुँदै गएको छ । जुन टोलीको आकर्षण हुन्–नवयुग ।  नवयुगले भनेका छन्,‘आमा बुबा र स्थानीय त्रिवेणी क्लबका अग्रज दाईहरुलाई नै मेरो प्रेरणाको स्रोत हुन् ।’ उहाँहरुको हौसलाले मलाई आज यहाँसम्म ल्याएको हो । हामी नेपाली फुटबललाई दक्षिण एसियाकै सशक्त टिम बनाउँनेछौं र स्पष्ट जीतका लागि हरदम प्रयासरत रहने छौं–नवयुगले भने ।
 
नेपाली फुटबलको स्तरलाई अझ माथि उकास्न खेलाडी र व्यवस्थापन पक्ष दुबैले धेरै मेहनत गर्नु पर्ने उनले बताए । उनले भने,‘मेहनत गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । सबै लाग्ने हो भने नेपाली फुटबलको भविष्य अझै राम्रो देख्छु । अबको हाम्रो पहिलो लक्ष्य भनेको दक्षिण एसियाली टिमहरुमा सबैभन्दा राम्रो टिम बनाउनु हो ।’ त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुग राष्ट्रिय लिगमा उच्च प्रदर्शन गरेपनि राष्ट्रिय टोलीमा साफ फुटबलदेखि मात्र परेका हुन् । नवयुगले बाल्यकाल देखिको रफ्तारलाई तिखारेका छन् । अब उनी तारा बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ