arrow

खोटाङ काँग्रेसबाट केही नयाँ, केही पुराना निर्वाचित

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
काठमाडौं । दूई ओटा निर्वाचन क्षेत्र रहेको खोटाङ जिल्लामा भएको काँग्रेसको क्षेत्रीय निर्वाचनबाट संस्थापन पक्षकै धेरै नेताहरु विजयी भएका छन् । 
 
क्षेत्र नं. १ बाट सर्वाधिक मत ल्याएर काँग्रेसका युवा नेता तथा पुर्वसञ्चार मन्त्री डा. मिनेन्द्र रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरी महाविधेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । त्यसैगरी नरेश श्रेष्ठ, सर्वदन राई, सुवास पोख्रेल, दिनेश राई र विरकाजी राई पनि महाधिवेशन प्रतिनिधि बन्नु भएको छ । महिला आरक्षणमा साँसद सरस्वती बजीमय र विमला राई विजयी हुनु भएको छ भने दलितबाट प्रकाश विक र अपाङ्ग तथा अल्पसंख्यकको कोटामा पदम निरौला छानिनु भएको छ । स्थानीय प्रभावशाली नेता इवन राई क्षेत्रीय सभापति निर्वाचित हुनु भएको छ । 
 
त्यसैगरी क्षेत्र नं. २ को क्षेत्रीय सभापति तिर्थ भट्टराई हुनु भएको छ । महाधिवेशन प्रतिनिधिमा विष्णुकुमार राई, रविप्रकाश राई, केशव कार्की, भुपेन्द्र राई, शिवकुमार बस्नेत छनौट हुनु भएको छ । महिला तर्फ कमला राई र पुर्व सांसद हिरा गुरुङ्ग महाधिवेश प्रतिनिधि बन्नु भएको छ । 
 
सर्वसम्मत गर्ने प्रयास विफल भएपनि दुवै निर्वाचन क्षेत्रमा निर्वाचन भएको नवनिर्वाचित महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरीले जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ