arrow

तराई टुक्र्याउन विदेशीको आशीर्वाद

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
माधब-कुमार.jpg.jpeg
काठमाडौं।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले तराई टुक्र्याउन विदेशीले आशीर्वाद दिएको आरोप लगाएका छन् । उनले मुलुकको पहाडबाट तराई टुक्र्याउन विदेशीले सहयोगका साथै आशीर्वाद दिएको बताएका हुन् ।
 
कान्तिपुर दैनिकमा खवर छ-एमाले पाल्पाको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो अवस्थामा पहाडबाट तराई छुट्याउनका लागि रोक्न कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरे । ‘तराईको भूभागलाई टुक्र्याएर देशलाई विखण्डन गर्ने गरी तयारी तीव्र रूपमा भइरहेको छ,’ उनले भने । नेता नेपालले संविधानले तराईका जनतालाई अधिकारबाट वञ्चित नगरेको बताए । उनले आन्दोलनरत मधेसी नेताहरूको मधेसी जनताप्रति कुनै मायाममता नभएको आरोपसमेत लगाए ।
 
‘देशलाई संघीयतामा लैजाँदा ६ प्रदेशबाट ७ प्रदेश बनाउनु ठूलो गल्ती भएको छ,’ उनले भने, ‘पुन: ७ प्रदेशबाट ८ प्रदेश बनाउने प्रयास गरिएमा देशको समस्या कहिल्यै टुंगिने छैन ।’ उनले एमाले अहिलेको संरचना तत्काल परिवर्तन गर्ने पक्षमा नभएको बताए । एमाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने नसके समानान्तर शक्ति अरू हुन नसक्ने बताउँदै कार्यकर्तालाई उत्पादनशील कार्यमा लाग्न सुझाव दिए ।
 
कृषिमा आधुनिकीकरण, जलविद्युतको विकास, यातायातको विस्तार तथा देशमा भएका सम्भावनालाई विकास गर्न सकेमा देश चाँडै समृद्ध बनाउन सकिने उनले बताए । एमाले सचिव पृथ्बीसुब्बा गुरुङ, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, केन्द्रीय सदस्य बैजनाथ चौधरी, ठाकुर गैरे, क्षेत्र नं १ का सांसद राधाकृष्ण कँडेललगायत नेताहरूले प्रशिक्षण दिए ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ