arrow

उदयपुरका तीनओटै क्षेत्रमा संस्थापन प्यानलका अध्यक्ष निर्वाचित

logo
गोपाल पोखरेल
प्रकाशित २०७२ माघ २३ शनिबार
congress.jpg.jpeg
उदयपुर। उदयपुर जिल्लाका तीनओटै निर्बाचन क्षेत्रका क्षेत्रीय सभापति पदमा संस्थापन प्यानलका उमेद्वार बिजयी भएका छन् । नेपाली काँग्रेसको १३ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि शुक्रबार शान्तिपूर्ण रुपमा क्षेत्रीय अधिबेशन सम्पन्न भएको हो ।  पार्टीको आन्तरिक अधिवेशन भएपनि सर्वसहमतका आधारमा प्रतिनिधि चयन गर्ने प्रयास असफल भएपछि सवै क्षेत्रका सवै पदहरुमा निर्वाचन प्रक्रियाद्धारा प्रतिनिधि चयन गरिएको नेपाली काँग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताए  । 
 
सभापति कार्कीका अनुसार क्षेत्र नं १ मा भोजराज खतिवडा क्षेत्रीय अध्यक्षमा निर्बाचित भएका छन् । तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश अशोक कार्की, हाइदीप राई, प्रदीप केशी, तेजराज तिम्सिना, शिवकुमार राई र हरी कार्की बिजयी भएका छन् । यसैगरी महिला तर्फ सीता राई र रेणुक खड्का,दलित कोटामा गडुलमान विक (निर्विरोध),जनजातीमा दलबहादुर तामाङ र मधेसीमा महेन्द्र रौनियार बिजयी भए ।
 
क्षेत्र नं २ मा बसन्तकुमार बस्नेत क्षेत्रीय अध्यक्ष तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश हिमाल कार्की, बिदुर वस्नेत, प्रमिला राई, तिलक कटवाल, अकुर खड्का र बिष्णुबहादुर राउत बिजयी भए । महिला तर्फ लीला राई र बिमला सुनुवार ,दलितमा लक्ष्मी परियार, जनजातीमा भिमबहादुर पुलामी र मधेसीमा देबेन्द्र झा बिजयी भएको नबनिर्बाचित क्षेत्रीय अध्यक्ष बस्नेतले जानकारी दिए ।
 
त्यसैगरी क्षेत्र नं ३ मा रामकुमार खत्री क्षेत्रीय अध्यक्ष तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश रामकुमार राई, नारायणवहादुर कार्की, अर्जुनकुमार खड्का, हरी खड्का, कृष्ण श्रेष्ठ र अम्बर राउत विजयी भएका छन् भने महिला तर्फ निर्मला कार्की र सीता यस्मालीमगर, दलित कोटामा जयबहादुर मोते ,जनजातीमा साङ्दोर्जी लामा र मधेसी तथा पिछडा वर्गमा धनवहादुर दनुवार बिजयी भए ।
 
विजयी हुने मध्ये तीनओटै क्षेत्रका क्षेत्रीय अध्यक्षसहित २५ जना महाधिबेशन प्रतिनिधि संस्थापन र  र ११ जना वरिष्ठ नेता देउवा निकटका रहेको सचिव मदनराज कटवालले बताए ।संस्थापन प्यानलबाट निर्बाचित तीनओटै क्षेत्रीय अध्यक्ष पूर्व सभापति बिदुर बस्नेत निकट मानिन्छन् । हालसम्म कुनै पनि प्यानलमा स्पष्ट नखुलेका बर्तमान सभापति हिमाल कार्कीलाई बरिष्ठ नेता देउवा निकट पूर्व सभापति नारायणबहादुर कार्कीको समर्थन छ । बस्नेत र कार्की सोमबार हुने सभापतिको निर्बाचनका उमेद्वार हुन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ