arrow

शाहको हत्या विरोधमा महेन्द्रनगर र हेटौंडामा नेविस‌ंघको प्रदर्शन

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
hetauda_NSU_birodha.jpeg
काठमाडौं । काँग्रेस निकट नेपाल विद्यार्थी संघले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । संघका पूर्व केन्द्रीय सदस्य तथा जाजरकोटका काँग्रेस युवा नेता रविन्द्र शाहको हत्यारलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।  मंगलबार नेविसंघ कञ्चनपुरले महेन्द्रनगरमा प्रर्दशन गर्दै शाहका हत्यारलाई कार्बाहीको माग राखेको छ ।
 
नेविसंघ कञ्चनपुरका नेता किशोरप्रसाद जोशीले हत्याको बिरोधमा आफूहरुले प्रदर्शन गरेको जनाएका थिए । विद्यार्थीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसको रुपमा रहेको सिद्धनाथ क्याम्पसबाट प्रर्दशन सुरु गरेका थिए । सो भीड बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । 
 
उनका अनुसार नेवि संघका केन्द्रीय सदस्य कैलाश चन्द र पुर्व केन्द्रीय सदस्य विष्णुदत्त जोशीले कोण सभालाई सम्बोधन गर्दै हत्यारालाई कारबाही नगरे नेविसंघले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए । यसैबीच नेविसंघले मंगलबार एक विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । 
 
त्यस्तै, शाहको हत्या गरिएको विरोधमा ने बि .सघ मकवानपुरले पनि हेटौडामा विरोध प्रदर्शन गरेको छ । मकवानपुर बहुमखी क्याम्पस, वन बिज्ञान क्याम्पस र हेटौडा क्याम्पसबाट संयक्त रुपमा निकालिएको विरोधमा विद्यार्थीहरुले हेटौडाको कांग्रेस चोक, हेडम्बी  चोक, बुद्घ चोक हुँदै सीमा चोकसम्म प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको भीड सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 
 
कोणसभालाई  सम्बोधन गर्दै संघका जिल्ला अध्यक्ष राजु खतिबडाले शाहको समकालीन राजनीति धमिल्याउने प्रयासमा कायरतापूर्ण अमानवीय तरिकाले हत्या गरिएको भन्दै उक्त घटना मानव अधिकारको विरुद्घ भएको बताए । उनले हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग पनि गरे । 
 
कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल,  जिल्ला सदस्य रोहित थापा, कविता बर्तौला, रञ्जन कालाखेती, वन बिज्ञान क्याम्पसमा स्ववियु सभापती हेम चन्द्र जोशी, मकवानपुर बहुमखी क्याम्पसका ईकाइ सभापती उमेश स्याङ्गतान लगायकाले सम्बोधन गरेका थिए । केन्द्रको निणर्य अनुसार विरोध जुलुस प्रदर्शनी गरिएको र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने नेबिसंघ मकवानपुरका अध्यक्ष राजु खतिबडाले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ