arrow

पोखरामा एमालेले जनसभा गर्ने

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
cpnuml-530x304.jpg.jpeg
पोखरा । नेकपा (एमाले) कास्की जिल्लाले यही चैत १८ गते पोखरामा जनसभा गर्ने भएको छ । पोखराको चिप्लेढुङ्गामा हुने जनसभालाई पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटीद्वारा बुधबार  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 
 
पोखराको बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित भई अघि बढ्ने जुलुस चिप्लेढुङ्गा पुगेर जनसभामा परिणत हुने र जनसभामा २० देखि २५ हजारको सहभागिता रहने पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले बताए। 
 
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका र गाउँपालिकाहरुमा एमालेको बहुमत आए कास्कीको आर्थिक विकास हुने उनको दाबी छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ