arrow

वैश चढेपछि चिकित्सक पनि प्रहरीको खोरमा, मेडिकल जाँचका नाममा यौन दुर्व्यवहार

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
Doctor_Crime.jpg.jpeg
काठमाडौं । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन् । ललितपुरको एक कलेजका १९ जना छात्रा चीनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए ।
 
२८ बर्षीय चिकित्सक भट्टले मेडिकल जाँच गर्ने क्रममा आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप विधार्थीको छ ।  घटना गत आइतबारको भएपनि काठमाडौं प्रहरी परिसरले भट्टलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको थियो ।
 
पीडितहरु सुरुमा गौशाला प्रहरी वृतमा पुगेपनि स्थिति जटिल बनेपछि  ‘उजुरी’ परिसरमा ल्याएर हेरिएको थियो । 
 
चिकित्सक भट्टले आफूले गल्ती नगरेको र माफी नमाग्ने बताएपछि पीडित पक्ष र उनीहरुका आफन्त आक्रोसित बनेका थिए । 
 
पीडित युवती र उनीहरुका आफन्त मंगलबार काठमाडौं प्रहरी परिसर पुगेर दोषीलाई हदैसम्मको कारबाही गनुपर्ने माग गरेका छन् ।
 
भट्ट दुई वर्षदेखि उक्त मेडिकल सेन्टरमा कार्यरत थिए । महिलाको जाँच गर्दा अन्य महिला स्टाफ नराखी भट्टले जाँच गर्दै आएका थिए । 
 
भट्टले भने चिकित्सा पेशामा महिला–पुरुष नहुने भन्दै चिकित्सकले विरामीलाई मात्र हेर्ने गरेको प्रहरी समक्ष बताएका थिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ