arrow

मेस्सीलाई चार अन्तराष्ट्रिय खेलमा फिफाद्वारा प्रतिबन्ध

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Messi_banned.jpeg
एजेन्सी। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई साहायक रेफ्रीलाई 'अपशब्द' बोलेको भन्दै चार वटा अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लगाउने निर्णय फिफाले गरेको छ। 
 
चिली बिरुद्धको विश्वकप छनौट चरणको खेलमा साहायक रेफ्रीलाई मेस्सीले अपशब्द बोलेका थिए। चिलि बिरुद्धको खेलमा अर्जेन्टिना मेस्सीको १ गोल मदतले बिजयी भएको थियो। 
 
मेस्सीले फाउल गरेको भन्दै साहायक रेफ्रीले झण्डा उठाएपछि उनी रेफ्रीसँग झगडा गर्न गएका थिए। उनलाई उक्त पाउलमा पहेंलो कार्ड पनि देखाईएको थियो। उनलाई ८१०० पाउण्ड पनि जरिवाना गरिएको छ। 
 
विश्वकप छनौट चरण अन्तर्गत बोलिभिया बिरुद्धको खेलको ठिक अगाडी फिफाले यस्तो निर्णय गरेको हो। विश्वकप छनौटमा कुल पाँच खेल बाँकी रहेको अवस्थामा मेस्सीलाई चार खेलको प्रतिबन्ध लागेको छ।
 
अंक तालिकामा अर्जेन्टिना १३ खेलमा २२ अंकका साथ तेस्रो स्थानमा रहेको छ। ब्राजिल १३ खेलमा ३० अंककासाथ पहिलो स्थानमा रहेको छ भने उतीनै खेलमा उरुग्वे २३ हंकका साथ दोस्रो स्थानमा रहेको छ। कोलम्बिया २१ अंककासाथ चौथो स्थानमा छ भने ईक्वेडर र चिली २०-२० अंककासाथ पाँचौं र छैठौं स्थानमा रहेका छन्। 
 
मेस्सीले बोलिभिया, उरुग्वे, भेनजुएला र पेरु बिरुद्धको विश्वकप छनौट खेल खेल्न पाउनेछैनन्।  उनले अन्तिम छनौट खेल इक्वेडरसँग खेल्न पाउनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ