arrow

काँग्रेसको स्थानीय तहको उम्मेदवार कसले बनाउन पाउने ?

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
CONGRESS_BAITHAK.jpeg
ललितपुर । स्थानीय तहको चुनावका लागि रणनीति बनाउने लगायतका बिषयमा बसेको नेपाली काँग्रेसको वैठकले स्थानीय तहमा पार्टीका तर्फबाट बनाउने उमेद्वारको बारेमा टुङगो लगाउने कार्यभार क्षेत्र, जिल्ला र केन्द्रमा बाँड्ने निर्णय गरेको छ। काँग्रेसले महानगरपालिका, उपमहानगरपालिकामा उमेद्वार बनाउने जिम्मा केन्द्रलाई सुम्पेको छ। नगरपालिकाको उमेद्वार बनाउने जिम्मा सम्वन्धित जिल्ला समितिलाई तोकेको छ। गाउँपालिकाको प्रमुख उपप्रमुख र वडा अध्यक्ष र वडा सदस्यको चयन गर्ने जिम्मा क्षेत्रीय समितिलाई जिम्मा दिएको काँग्रेस नेता रमेश रिजालले बताए ।
 
गाउँपालिकाको उमेद्वार छनौट सम्वन्धित क्षेत्रको केन्द्रीय सदस्य भए केन्द्रीय सदस्य, सांसद समेत भए सांसद वा सांसदको उमेद्वार, क्षेत्रीय सभापति र क्षेत्रीय सभापतिको निकटतम प्रत्यासी समेत भएको समितिले टुङगो लगाउनेछ। ३ दिनदेखि लगातार बसेको वैठकमा उमेद्वारको टुङगो कस्ले गर्ने भन्नेमा पार्टीका नेताहरुबीच फरक फरक मत रहेको थियो। काँग्रेस नेता कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुले उमेद्वारको टुङगो लगाउने जिम्मा जिल्ला र केन्द्रलाई बाँड्नुपर्ने पक्षमा मत राखेका थिए। उनीहरुले राखेको मत अनुसार नै गाउँपालिकाको उमेद्वार बनाउने जिम्मा क्षेत्रलाई र महानगरपालिका, उपमहानगरपालिकाको जिम्मा केन्द्रलाई र नगरपालिकामा उमेद्वार बनाउने जिम्मा जिल्लालाई दिने निर्णय भएको हो। उमेद्वार बनाउन निर्णय गर्ने समितिमा भने प्रतिनिधित्व गराउने बिषयमा भने केहि थपघट गरिएको थियो।करिव दुई दशकसम्म चुनाव नहुँदा स्थानीय स्तरमा धेरै आकाँक्षी भएकोले तिनको विभिन्न स्तरमा व्यवस्थापन गर्न सहज हुने भन्दै नेताहरुले यो उपाय अपनाएको बताइएको छ। 
 
काँग्रेसले यस सम्वन्धमा गरेको निर्णय यस प्रकार रहेको छः
 
४. स्थानीय तहको उम्मेदवार तय गर्ने जिम्मेवारी निम्न प्रकार तोकिएको छः
 
१. (क) एकै निर्वाचन क्षेत्र अन्तर्गत गाउँ कार्यपालिका, नगर कार्यपालिकाको निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका, नगरपालिका प्रमुख/उपप्रमुख र वडा अध्यक्ष/सदस्यहरु, यस क्षेत्र अन्तर्गत पर्ने महानगर, उपमहानगरका वडा अध्यक्ष/सदस्यहरुको उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।  
 
(ख) उल्लेखित क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रका आजका मिति सम्म कायम रहेका क्षेत्रीय पदाधिकारीहरु, सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सासंद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी रहेको छनोट समितिले सहमती जुटाई उम्मेदवारको चयन गर्नेछ । सम्बन्धित जिल्लाका जिल्ला सभापति जिल्लाको आफ्नो निर्वाचन क्षेत्रको छनौट समितिमा रहनेछ ।  छनौट समितिको आयोजना र बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्नेछ ।
 
(ग) यसरी चयन भएको उम्मेदवारहरुको जानकारी तत्काल जिल्लालाई पठाउनु पर्नेछ । 
 
२. (क) दुई वा दुई भन्दा वढि क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नु पर्ने अवस्थामा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिश गर्नेछ । उक्त बैठकको अध्यक्षता गाउँपालिका/नगरपालिका/उपमहानगरपालिका/ महानगरपालिकाका वढी संख्यामा इकाईहरु रहेको क्षेत्रीय सभापतिले गर्नेछ ।
 
(ख) दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुखहरुको निर्वाचनमा उम्मेदवारको चयन २ (क) मा उल्लेख भए बमोजिम सम्बन्धित क्षेत्रहरुको संयुक्त सिफारिशको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापतिहरु, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ । 
 
(ग) उल्लेखित जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा  जिल्ला कार्यसमितिका आजका मिति सम्म कायम रहेका पदाधिकारीहरु, पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी, सम्वन्धित क्षेत्रका सांसद, सम्वन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नेछ । समितिको बैठकको आयोजना र अध्यक्षता जिल्ला सभापतिले गर्नेछ ।
 
(घ) आ–आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वडाहरुको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको छनोट गर्दा भने १ (क) र १ (ख) मा उल्लेखित भए अनुसारकै संयन्त्र र विधिबाट हुनेछ ।
 
३. जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरुको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिश्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ ।  उल्लेखित जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा  जिल्ला कार्यसमितिका आजका मिति सम्म कायम रहेका पदाधिकारीहरु, सम्बन्धित जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी, सम्वन्धित क्षेत्रका सासंद, सम्वन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सासंद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नेछ । समितिको बैठकको आयोजना र अध्यक्षता जिल्ला सभापतिले गर्नेछ ।
 
४. माथि (१) र (२) मा उल्लेखित प्रक्रियाबाट उम्मेदवार चयन गर्ने कार्य २०७४ वैशाख ७ गतेभित्र सम्पन्न गरी केन्द्रीय कार्यालयलाई तत्कालै जानकारी गराउनु पर्नेछ । उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नु पर्नेछ ।
 
काँग्रेसले संविधान संसोधनको बारेमा पनि निर्णय गरेको छ । सिमांकनलाई थाती राख्दै संविधान संसोधनमा अघी बढ्ने काँग्रेसले निर्णय गरेको छ । तराई मधेश केन्द्रीत राजनीतिक दलहरु संविधान संसोधन विना चुनावमा नजाने अडान राख्दै आएका छन् । वैठकमा वहुप्रतिक्षित विभाग बनाउने कुरा उठेपनि बन्न भने सकेन । पार्टी पदाधिकारी पनि वैठकमा तोकिएन । केहि दिनपछि पार्टी पदाधिकारी र केन्द्रीय विभागका संयोजकहरु तोकिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ