arrow

पत्रकार सहित ५ जना सम्मानित

logo
प्रेम रौले,
प्रकाशित २०७३ फागुन २१ शनिबार
sammanpatrakar.jpeg
 बाजुरा।   नेपाल दलित समाज मञ्च बाजुराले पाँच जनालाइ शनिबार सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव तथ नागरिक दैनिकका जिल्ला संवाददाता पत्रकार कृष्ण ओली सहित नेपाल निजामती कर्मचारी सम्मानित गरेको आयोजकले जनाएको छ । 
 
सम्मानित हुनेमा नेपाल निजामती कर्मचारीका जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजना कार्यालयका प्रमुख कृष्ण बोगटी, जिल्ला प्राविधिक कार्यलय बाजुराका इन्जिनियर जङ्ग बहादुर थापा,जिल्ला विकास समिति बाजुराका लेखापाल खोम बहादुर खालिङ राइ र विच्छ्या र वाइ गाविसका सचिव विष्णुलाल सार्कीलाइ सम्मानित गरेको नेपाल दलित समाज मञ्चका अध्यक्ष सुरेश वि.क.ले बताए ।
 
सम्मानित भएका नागरिक दैनिकका जिल्ला संवाददाता ओलीलाइ पाँच हजार पाँच सय ५५ रुपैयाको चेक सहित प्रमाण–पत्र र दोसल्ला ओढाएर व्यवस्थापिका संसदका सदस्य कर्ण बहादुर वि.क.ले गरेका थिए । सम्मानित भएका ओलीलाई जिल्लाका दलितका हक अधिकार र उनीहरुका समस्या सम्वन्धित निकायमा संचार माध्यमबाट पुर्‍याएको भन्दै सम्मान गरिएको छ । 
 
यसैगरी ४ जना नेपाल निजामती कर्मचारीहरुलाइ जिल्लामा बसेर निस्वार्थ भावनामा र जनता मैत्री सेवा,कार्यालयबाट छिटो छरितो सेवा दिएको भन्दै सम्मान गरिएको  आयोजकले जनाएको छ । सम्मान जिल्ला विकास समिति बाजुराको आर्थिक सहयोग र नेपाल दलित समाज मञ्चको आयोजनामा सम्मान गरिएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ