arrow

स्ववियु निर्वाचनको माग गर्दै नेविस‌ंघका विद्यार्थीहरु अनसनमा

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
rile_ansan_NSU.jpeg
काठमाडौं । त्रि.वि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ समर्थित विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । स्थगित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणाको लागि दबाबमुलक कार्यक्रम अन्तर्गत शुक्रबार बिहानबाट विद्यार्थीहरु प्रशन्न नेपाल र सुशान्त भण्डारीबाट अनसन सुरु भएको हो । 
 
गत फागुन १७ साँझ ७ बजे निर्वाचन समितिले “निर्वाचन समितिको कार्यलयको कोठामा लागेको तालाबन्दीको” कारण देखाउँदै पूर्व घोषित निर्वाचनको कार्यक्रम अगाडी बढाउन नसकेको सुचना प्रकाशित गरेको थियो । नेविसंघको बाहुल्यता रहेको आयुर्वेद क्याम्पसमा आफू पराजित हुने अवस्था देखे पछि अनेरास्ववियु-नयाँ शक्ति-क्रान्तिकारी लगायतको प्यानलले फागुन १७ गते दिउँसो निर्वाचन समितिको कार्यलयको कोठामा तालाबन्दी गरेको थियो । 
 
तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्नका लागी नेविसंघ समर्थित विद्यार्थीहरु १८ गते विहानै देखि क्याम्पस प्रशासन र बन्दकर्ताहरु विरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले क्याम्पस प्रशासन घेराबन्दी समेत गरेका छन् । क्याम्पसमा कुल १६२ मतदाता रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ