बाजुरा। स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी संघ उम्मेद्धवार दिल बहादुर थापा बहुमतले विजयी भएका छन् ।
नेपाल विद्यार्थी संघले प्रत्यक्षतर्फ एक सय दुइ मत ल्याएर अत्याधिक बहुमतले विजयी भएको निर्वाचन समितिले जनाएको छ । जसमध्ये अनेरास्ववियुले प्रत्यक्षतर्फ ५१ मत ल्याएको छ । यसैगरी नेपाल विद्यार्थी संघले समानुपातिकमा ९९ मत लयएको भने अनेरास्ववियुले ५३ र अखिल क्रान्तिकारीले ६ मत ल्याएको निर्वाचन अधिकृत नर बहादुर कटुवालले बताए ।
२ सय २९ मतदाता संख्या भएको क्याम्पसमा मतदान भएको प्रत्यक्ष तर्फको एक सय ६२ खसेको र समानुपातिक तर्फ एक सय ६१ खसेका थिए । मत गणनामा प्रत्यक्षमा ५ मत बदर भएको छन् भने समानुपातिक खसेको मध्ये ५ मत बदर भएको मतदान अधिकृत टेक बहादुर थापाले जानकरी दिए ।
निर्वाचन समितिले एक कार्यक्रमका वीच नेपाल विद्यार्थी संघका सभापति उम्मेद्धवार दिल बहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ बडिमालिका क्याम्पसमा विजयी जुलुस निकालेको छ ।