arrow

सरकारले जवरजस्ती संशोधन प्रस्ताव अगाडि बढाए नैतिकता प्रयोग गरिन्छ –दिलनाथ गिरी

सरकार छाडिन्छ देश बचाइन्छ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ फागुन १७ मंगलबार
dilnath-giri-news.jpg.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यथास्थितिमा सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाउने हो भने नैतिकताको प्रयोग गर्ने जनाएको छ । यथास्थितिमा सरकारले संसदमा पेश गरेको संविधान संशोधनमा आफूहरुको सहमति नभएको भन्दै सत्ता साझेदार राप्रपाले परिस्थिति अनुकुल नभए सरकार छाडेर विपक्षमा मतदान गर्ने जनाएको हो । 
 
राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले हाम्राकुरासंगको कुराकानीमा मधेसी मोर्चालाई खुशी पार्न संविधान संशोधन दर्ता भए पनि मधेसीहरु खुशी नभएकाले अब सरकारले यथास्थितिमा पेश गरेको संविधान संशोधनको औचित्य पनि सकिएको प्रतिक्रिया दिएका छन् ।
 
उनले बाहिर आएजस्तो राप्रपाले हालैमात्र सरकारले पेश गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नभइ कार्य सम्पादन समितिले निकै अगाडि नै दिएको प्रतिवेदनका आधारमा निर्णय भएको जनाए । 
 
प्रजातन्त्रको व्यूटि भनेको स्वभाविक रुपमा अगाडि बढेको प्रक्रियालाई यस वा नो जस्तो सुकै नतिजा आए पनि स्वीकार्नु भए पनि मधेसीले संसदबाट आएको नतिजालाई स्वीकार्ने नदेखिएको गिरीको टिप्पणी छ । 
जस्तोसुकै परिणाम नस्वीकार्ने हो भने संसदमा संविधान संशोधनको कुरा लैजानु बेकार भएको उनले बताए ।
 
सांसद गिरीले आगामी बिहीबार बस्दै गरेको संसद बैठकमा सदन बोलाइएकाले सोही दिनदेखि संशोधन प्रक्रिया अगाडि बढ्ने बताए । तर मधेसी मोर्चाले परिणाम नस्वीकार्ने र आफूले भनेकै हुनुपर्छ भन्ने हो भने त्यो प्रक्रिया अगाडि बढाउनुको औचित्य नभएके उनको तर्क छ । 
 
चुनाव अपरिहार्य 
आगामी माघ ७ गतेभित्र तीन वटै तहका चुनाव नहुने हो भने संविधानमा पनि संकट आउने भएकाले राप्रपाले विवादका विषयलाई थाँती राखेर चुनाव गर्न सुझाव दिएको छ । नेता गिरीले यदि अबको दुई हप्ताभित्र चुनावमा नहोमिने हो भने कुनै पनि हालतमा बैशाख ३१ चुनाव हुन नसक्ने भन्दै गिरीले दलहरुलाई मिलेर अगाडि बढ्न सुझाएका छन् । उनले तिक्तता साँधेर चुनावमा जान नसिकने पनि जनाएका छन् । 
 
राप्रपाको निर्णयले काँग्रेस माओवादीमा कुनै असर ? 
राप्रपाले गत आइतबार संसदीय दलको बैठकबाट संविधान संशोधनमा सरकारलाई सघाउन नसकिने निर्णय गरेपछि राप्रपा काँग्रेस र माओवादी केन्द्रसंग झनै टाढिएको देखिएको छ । सो निर्णयपछि भने काँग्रेस र माओवादीका कुनै नेताले व्यक्तिगत रुपमासमेत कुनै दबाब नदिएको नेता गिरीले बताए । उनले भने, ‘यो निर्णय एकैपटक आएको नभइ पहिल्यै कार्यसम्पादन समितिले नै निर्णय गरिसकेका भएकाले काँग्रेस एमालेले राप्रपालाई बुझेको हुनुपर्छ ।’
 
उनले स्पष्ट भने, ‘सरकारले आफ्नो रबैया देखाउँछ भने हामीलाई नैतिकताले पनि सरकारमा बस्न दिंदैन, सरकार छाड्छौं र देश बचाउँछौं ।’ काँग्रेस र माओवादी नेताहरु देश टुक्राउने खेलोमा लागेको भन्दै नेता गिरीले देश बचाउनका लागि सरकार सजिलै छाड्ने प्रतिक्रिया दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ