एजेन्सी । टाइगर श्राफकी कथित गर्लफ्रेन्ड दिशा पटानीलाई सैफ अली खानकी छोरी साराले झटका दिएकी छन् । दिशा पटानीले करण जोहरको चलचित्र ‘स्टूडेन्ट अफ द ईयर-२ ’ को लागि साइन गरेको बताइएको थियो ।
सो चलचित्रमा टाइगर श्राफ लीड रोलमा रहेका छन् भने चलचित्रको सुटिङ अप्रिलबाट सुरु हुदैछ ।
तर पछिल्लो जानकारी अनुसार सैफ अली खानकी छोरी सारा अली खानले दिशा पटानीलाई रीप्लेस गरेकी छन् । अब चलचित्रमा सारा लीड रोल गर्ने छिन् । भारतिय सञ्चारमाध्यमका अनुसार दिशालाई चलचित्रको लागि टाइगर श्राफले नै फाइनल गरेका हुन् ।