arrow

शेख कमल अन्तर्राष्ट्रिय क्लव कपमा मनाङ मस्र्याङ्दी र बंगलादेशी क्लव भिड्दै

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
football.jpeg
चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लवले आइतबार दिउँसो बंगलादेशी क्लव मोहमोदेन स्पोर्टिङ क्लवसंग खेल्दैछ ।
 
शनिबारदेखि सुरु भएको प्रतियोगितामा मनाङ विजयी सुरुवात गर्नका लागि आतुर भएको छ । कप्तान अनिल गुरुङले टिम तयार रहेको बताएका छन् । केही महिनादेखि घरेलु प्रतियोगितामा सहभागीता जनाएको र एक हप्तादेखि विशेष प्रशिक्षणमा रहेकाले टिम सेट भएको गुरुङले बताए । 
 
मनाङ समूह बी मा रहेको छ । खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि मोहम्मद अजिज रंगशालामा हुनेछ । आइतबार नै समूह बी को अर्को खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन आस्मायी बीच साँझ ७ बजे खेल हुनेछ । 
 
घरेलु फुटबलमा यस सिजन निकै नै उत्कृष्ट प्रदर्शन गरिरहेका मनाङ पहिलो खेलमा सकरात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान ओर्लने पक्का छ । आठ राष्ट्रिय खेलाडी सम्मिलित मनाङले पहिलो खेलमा मोहमोदेनलाई पराजित गर्दै प्रतियोगिताको सुखद शुरुवात गर्ने अभियानमा हुनेछ । 
 
मनाङले मोफसलका पछिल्ला ५ खेलमध्ये तीन खेलमा उपाधि जितेको थियो । दुईपटक उपाधि जित्नबाट बञ्चित भएको थियो । खप्तड गोल्डकप, आहा रारा गोल्डकपपछि मनाङले दुई साताअघि झापा गोल्डकप जितेको थियो ।
 
यता मोहमोदेन अवहनी लिमिटेडका मुख्य प्रशिक्षक काजी जोशीमुद्दिन अहमेद जोशीले नेपाली क्लब मनाङसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए ।  मोहमोदेन बंगलादेश प्रिमियर लिगको १० औं स्थानको क्लब हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ