arrow

दलहरु एकै ठाउँमा बस्नुपर्छ : नेता नेपाल

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
madhav-kumar-nepal.jpg.jpeg
वासिङ्टन । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताएका छन् । 
 
साताव्यापी भ्रमणका सिलसिलामा यहाँ आएका नेता नेपालले भने – अहिले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग अनुरोध गर्दछु । संशोधनप्रति मधेसवादी दलहरु समेत सन्तुष्ट नभएको र जनतामा आक्रोश पैदा गराएको उनको भनाइ थियो । 
 
एमालेले र अहिले जनताले समेत सङ्घीयताको विरोध नगरेको उल्लेख गर्दे नेता नेपालले भने – “अहिले जनआक्रोश सीमाङ्कनको विषयमा मात्र केन्द्रित भएकाले यसलाई सङ्घीयताकै विरोधको रुपमा लिन हुँदैंन ।” 
 
नेता नेपालले देशलाई एकताबद्ध गर्ने, संविधानको कार्यान्वयन गर्ने र निर्वाचन सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ