arrow

कैलालीमा आफ्ना नेता कार्यकर्ता कुटिएको भन्दै एमालेले निकाल्यो विज्ञप्ति

शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
uml-party-office-in-dhumbar.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले संवैधानिक प्रावधान र जनभावनाविपरीत संसद्मा दर्ता गराइएको संविधान संशोधन विधेयकविरुद्ध कैलालीमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सरकाले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल कैलाली महोत्सवको उद्घाटन गर्न जाँदा एमाले लगायत दलका कार्यकर्ताले ठाउँ ठाउँमा अवरोध गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव हुँदा एमालेका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैको विरोधमा एमालले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको सदरमुकाम धनगढीमा नेकपा (एमाले) लगायतका राजनीतिक दलहरुले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारका तर्फबाट बलप्रयोग गरी नेकपा (एमाले) जिल्ला कमिटी कैलालीका अध्यक्ष दीर्घ सोडारीका साथै रणबहादुर चन्द, यज्ञराज बाँस्तोला, मदन रेग्मीलगायत २१ जनालाई घाइते बनाइएको छ भने घाइतेसहित ४१ जनालाई गिरफ्तार गरिएको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त घटनाप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारमाथि कुठाराघात गर्दै नेता–कार्यकर्तालाई गिरफ्तार गरिनुले लोकतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको छ । हाम्रो पार्टी उक्त घटनाप्रति खेद व्यक्त गर्दै घाइतेहरुको अविलम्ब उपचार, गिरफ्तारहरुलाई तुरुन्त रिहाइ र निर्वाध रुपमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सुनिश्चितता गर्न माग गर्दछ ।’ पुष्पकमल दाहालको कैलाली आगमनलाई लक्षितगरी एमाले र जनमोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ