arrow

यी बिरामी बालकले ४५ लाख कहाँबाट जुटाउलान् ?

logo
प्रकाशित २०७३ मंसिर २२ बुधबार
birami-balak.jpeg
काठमाडौं । काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया(शरीरमा रगत उत्पादन नहुने) रोग लागेको हुँदा हाल काठमाडौंस्थित् कान्ति बाल अस्पतालमा उपचाररत भएकोले उनको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । 
 
निज नेपालीको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव नभएकोले उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले आज अपिल गरेको हो ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो अपिल गरेको हो ।
 
परिवारका अनुसार नीजको उपचारको लागि  ४५ लाख भन्दा बढि नै लाग्नेछ । विरामी बालक नेपालीका बाबु रामचन्द्र नेपालीले सबैले सहयोग गरिदिए छोराको उपचार हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै सकेको सहयोग गर्न आग्रह गरे । सहयोग गर्न चाहनेहरुले विरामी बालकको बाबुको नाममा सिटिजन बैंकको खाता नम्बर ०५४०००००५१ सिएस रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ