arrow

सांसद शर्माको टोली कालीकोटमा, साढे १६ सय बिरामीको उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
sunil-sharma-81-01-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कालीकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

तिलगुफा नगरपालिका नाग्माको नगर अस्पतालमा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा १६ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०३ जनाको ईसीजी, २११ जनाको ल्याब परीक्षण र १५५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

८७ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ६९ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, समाजसेवी सुभाष पोखरेल र केएमसीका महाप्रबन्धक दाहालले सम्बोधन गरेका थिए । 


डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-81-01-21 (1).jpg
kmc-81-01-21 (2).jpg
kmc-81-01-21 (3).jpg
kmc-81-01-21 (4).jpg
kmc-81-01-21 (5).jpg
kmc-81-01-21 (6).jpg
kmc-81-01-21 (7).jpg
kmc-81-01-21 (8).jpg
kmc-81-01-21 (9).jpg
kmc-81-01-21 (10).jpg
kmc-81-01-21 (11).jpg
kmc-81-01-21 (12).jpg
kmc-81-01-21 (13).jpg
kmc-81-01-21 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ