arrow

सांसद शर्माको केएमसीको स्वास्थ्य टोली हुम्लामा, सत्र सय बिरामीको निःशुल्क उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
sunil-sharma-humla-kmc-81.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले हुम्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

गमगढी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको स्वास्थ्यचौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १७ सय बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये १०९ जनाको ईसीजी, २०७ जनाको ल्याब परीक्षण र १११ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१०४ जनाको दाँत खोलिएको थियो भने ८९ जनाको ईको गरिएको थियो । ११० बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

गमगढी गाउँपालिकिाका अध्यक्ष थानबहादुर रोकायाको सभापतित्वमा भएको कार्यक्रममा सांसद शर्मा, समाजसेवी सुवास पोख्रेल, कांग्रेस जिल्ला सभापति जनक शाही, संविधान सभा पूर्व सदस्य रीता शाही र केएमसीका महाप्रबन्धक दाहालले सम्बोधन गरेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-sunil-sharma-humla-81 (1).jpg
kmc-sunil-sharma-humla-81 (2).jpg
kmc-sunil-sharma-humla-81 (3).jpg
kmc-sunil-sharma-humla-81 (4).jpg
kmc-sunil-sharma-humla-81 (5).jpg
kmc-sunil-sharma-humla-81 (6).jpg
kmc-sunil-sharma-humla-81 (7).jpg
kmc-sunil-sharma-humla-81 (8).jpg
kmc-sunil-sharma-humla-81 (9).jpg
kmc-sunil-sharma-humla-81 (10).jpg
kmc-sunil-sharma-humla-81 (11).jpg
kmc-sunil-sharma-humla-81 (12).jpg
kmc-sunil-sharma-humla-81 (13).jpg
kmc-sunil-sharma-humla-81 (14).jpg
kmc-sunil-sharma-humla-81 (15).jpg
kmc-sunil-sharma-humla-81 (16).jpg
kmc-sunil-sharma-humla-81 (17).jpg
kmc-sunil-sharma-humla-81 (18).jpg
kmc-sunil-sharma-humla-81 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ