arrow

सांसद शर्माको केएमसीको टोली मुगुमा, २१ सय बिरामीको निःशुल्क उपचार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
kmc-sunil-sharma-mugu-81-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

छायाँनाथ रारा नगरपालिकाको आयोजना तथा मुगु जिल्ला अस्पतालको सहआयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा २१ सय २२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८९ जनाको ईसीजी, १७५ जनाको ल्याब परीक्षण र १८२ जनाको भिडियो एक्सरे गरिएको थियो ।

८२ जनाको दाँत खोलिएको थियो भने ४९ जनाको ईको गरिएको थियो । ७५ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

छायाँनाथ नगरपालिकाका मेयर विष्णु भामको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद डा. शर्मा, उपमेयर ऐश्वर मल्ल, केएमसीका महाप्रबन्धक दाहाल तथा अस्पताल व्यवस्थापन अध्यक्ष ज्ञानबहादुर मल्लले सम्बोधन गरेका थिए । 


डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-mugu-81-01-19 (1).jpg
kmc-mugu-81-01-19 (2).jpg
kmc-mugu-81-01-19 (3).jpg
kmc-mugu-81-01-19 (4).jpg
kmc-mugu-81-01-19 (5).jpg
kmc-mugu-81-01-19 (6).jpg
kmc-mugu-81-01-19 (7).jpg
kmc-mugu-81-01-19 (8).jpg
kmc-mugu-81-01-19 (9).jpg
kmc-mugu-81-01-19 (10).jpg
kmc-mugu-81-01-19 (11).jpg
kmc-mugu-81-01-19 (12).jpg
kmc-mugu-81-01-19 (13).jpg
kmc-mugu-81-01-19 (14).jpg
kmc-mugu-81-01-19 (15).jpg
kmc-mugu-81-01-19 (16).jpg
kmc-mugu-81-01-19 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ