arrow

सांसद शर्माको केएमसीको स्वाथ्य टोली खाने समय बचत गरी बाटोमै निःशुल्क स्वास्थ्य शिविरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
kmc-81-01-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील कुमार शर्माको काठमाडौँ मेडिकल पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले हुम्लाको चंखेलीमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । 

गाउँपालिकाको देउली भन्ने स्थानमा रहेको स्थानीय स्वास्थ्य चौकीमा १२० बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

उनका अनुसार मुगुको गमगढी जाने क्रममा बाटोमा खाना खानको निम्ति एक घण्टा खाना पाक्ने समय लाग्ने भएसँगै सोही समयको सदुपयोग गर्दै बिरामीको उपचार गरिएको हो । 

तीमध्ये ३५ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनीहरुलाई आगामी बैशाख २७ गते निःशुल्क शल्यक्रिया गरिने पनि उनले बताए । 

त्यसैगरी श्री महादेव माविमा कक्षा ७ देखि १२ सम्मका छात्राहरुलाई प्रा.डा. सीता घिमिरेले सेनिटरी प्याडको प्रयोग र यसको उपयोगिताबारे जानकारी दिएकी थिइन् । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ