arrow

तयारी विश्वकपकोः नेपाल र वेस्ट इन्डिज बीचको टी–२० श्रृंखलाको पहिलो खेल कीर्तिपुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
nep-wi-t20-24-04-27.jpg

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेल आज हुँदैछ । कीर्तिपुर मैदानमा हुने यो खेल दिउँसो १२ः१५ बजे शुरु हुनेछ ।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् । 

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ