arrow

यो अवस्थालाई ‘क्राइसिस’ भन्ने हो भने कुनै पनि देशका अर्थशास्त्री छक्क पर्छन् – गभर्ननर अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
lokantar-debate-081.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अहिलेको अर्थतन्त्रलाई आर्थिक मन्दी भन्ने हो भने विश्वका कुनै पनि देशका अर्थशास्त्रीहरु छक्क पर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘इकोनोमिक डिबेट’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका सूचकहरु अहिले मन्दी भन्ने खालको नभएको बताए । 

अहिले बाह्य क्षेत्र विश्वका अन्य राष्ट्रहरुको तुलनामा निकै बलियो रहेको, १४ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने स्टक रहेको, मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको र कोभिड महामारी भूकम्पलगायत परिस्थिति बाहेक आर्थिक वृद्धिसमेत ४ प्रतिशत भन्दामाथि रहेको बताए । 

अहिले केही व्यापारी र उद्योगीको उद्योग बिक्री नभएको कारणले आत्मबल केही कमजोरमात्रै भएको बताए । अर्थतन्त्र भित्रका विभिन्न क्षेत्रमध्ये केही क्षेत्रमा मन्दी आएको हुनसक्ने उनको भनाइ छ । 

अहिले नेपालको कुल मागमा कमी आएको महसुस भए पनि तथ्यांकले त्यसलाई पुष्टि नगर्ने बताए । कोभिड अगाडिकै अवस्थामा अहिले माग भएको भन्दै उनले अहिले सिमेन्ट स्टिल, इँटालगायत उद्योगको माग भने घटेको बताए । 

अहिले निजी क्षेत्रबाट भएका निर्माणहरु कम भएको र सरकारी क्षेत्रबाट भएका निर्माण पनि पुरानोले निरन्तरता मात्रै पाएको भन्दै यसले यो क्षेत्रको गतिविधि घटाएको बताए ।

गभर्नर अधिकारीले अहिले सहकारीमा क्षेत्रमा देखिएको समस्याको असर समग्र क्षेत्रमा परेको बताए । बैंक तथा वित्तीय संस्थाको ऋणीको संख्याभन्दा तेब्बर संख्यामा सहकारीको ऋणी भएको भन्दै बैंकसँग भन्दा सहकारीसँग नागरिकहरु बढी नजिक हुने भएकोले यो क्षेत्रमा समस्या आउँदा केही समस्या रहेको बताए ।

केही वर्ष अघिसम्म दोहोरो अंकमा रहेको अल्पकालीन ब्याजदर अहिले ३ प्रतिशतमा झरेको अवस्था रहेको उनले बताए । गभर्नर अधिकारीले अबको अवस्थामा जनतामा विश्वास जगाउने विषय नै मुख्य भएको बताए ।

यसका लागि पूँजीगत खर्च नै बढाउनु पर्छ । दीर्घकालमा भने अर्थतन्त्रको संरचनागत सुधारमै ध्यान दिनुपर्ने उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ