arrow

वेष्ट इन्डिजसँगको श्रृंखला गुमाएपछि के भन्छन् रोहित ? [भिडियो]

यो सिरिजमा मेरो ब्याटबाट राम्रो रन निस्किरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
rohit-poudel-01-20.jpg

काठमाडौँ । वेष्ट इन्डिज ‘ए’सँगको पाँच टी-२० शृङ्खलामा नेपाल एक खेल अगावै पराजित भएको छ । पाँच टी-२० शृङ्खलामा वेष्ट इन्डिज 'ए'ले ३ खेलमा जित निकालेसँगै नेपाल पराजित भएको हो । अन्तिम खेल बाँकी रहँदा नेपालले एक खेलमा मात्रै जित निकालेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल वेष्ट इन्डिज 'ए'सँग २८ रनले पराजित भयो । २१० रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दै १८१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८२ रनको योगदान दिए । रोहितले ४७ बलमा ५ छक्का र ७ चौका प्रहार गरे । 

त्यस्तै सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी र गुल्शनकुमार झाले समान १९, अविनाष बोहराले नट आउट १७, सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका आसिफ सेख, ललितनारायण राजवंशी र प्रतिश जिसीले खाता नै खोल्न सकेनन् भने कुशल भुर्तेल पनि एक रनमा आउट भए । कुशल मल्ल ४ रनमा पेभेलियन फर्किए । 

बलिङमा नेपालका कुशल भुर्तेलले २ र प्रतिश जिसीले एक विकेट लिएका थिए । २१० रनको योगफल निर्माण गर्ने क्रममा वेष्ट इन्डिज 'ए'ले ३ विकेट मात्रै गुमाएको थियो । जस क्रममा जोन्सन चाल्र्सले ५८, आन्द्रे फ्लेचरले नट आउन ८४ रन बनाए भने फेबियन अलेनले नट आउट ३३ रन बनाए । नेपालले अन्तिम खेल शनिबार कीर्तिपुरमा खेल्नेछ ।

खेल हारेपछि खेल पत्रकारहरूसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले यो सिरिजमा आफूले राम्रो खेलिरहेको र आफ्नो ब्याटबाट राम्रो रन निस्किरहेको बताए । उनले आफूलाई गुड डेलाई ग्रेट बनाउनुपर्छ भन्ने लागेर खेलिरहेको बताए । उनले अझै धेरै राम्रो गर्न आवश्यक रहेको र सोहीअनुसार खेलिरहेको बताए । 

उनले पहिलो खेलमा नै राम्रो गरेकाले आत्मविश्वास बढिरहेको बताए । आजको खेलमा शुरुवाती ब्याट्सम्यानबाट राम्रो रन नआएको र शुरुवाती चरणमा राम्रो गर्न आवश्यक रहेको बताए । बलिङमा स्पिनरहरूले राम्रो गर्न सकेको भए १८० सम्मको टार्गेट बन्ने अनुमान रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ