arrow

‘राजा फालेको एक दशकपछि पनि ‘आरए’कै नाममा उड्दै राष्ट्रिय ध्वजावाहक’

कल साइन आरए : निगमले अवैधानिक ‘एनए’को नाम बेच्दै

logo
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
RNA-and-NA-aa.jpeg

काठमाडौं । नेपालमा केही समय चलेको नेपाली भाषाको वार अन्त्य भएको छ । राजनीतिक परिवर्तनसँगै भएका कतिपय उपलब्धिको सुझबुझपूर्ण व्यवस्थापन नहुँदा नेपालका महत्वपूर्ण संस्थाहरु अन्तर्राष्ट्रियस्तरमै बद्नामित भएका छन् ।

समयमा उचित कदमहरु नचालिँदा कयौं सरकारी संयन्त्रहरु बेलगाम भएका छन् भने ति संयन्त्रले दिने सेवा समेत दोष मुक्त हुन सकेको छैन । लहडमा नेपालका कयौं संरचनाहरु अस्तव्यस्त भएका छन् ।

त्यसकै एउटा उदाहरण हो अहिले भन्ने गरिएको ‘नेपाल वायु सेवा निगम’ । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएका छन् । तर, त्यसको उपलब्धि रक्षा र परिवर्तन ताका भएका क्षतिको शोध भर्ना एवं व्यवस्थापन हुन सकेको छैन् । गणतन्त्र आएपछि मात्रै ९ वटा सरकार बदलिएका छन् ।

२०६२–०६३ को जनआन्दोलनले तत्कालिन शाही सत्ता फ्याँकेपछि गणतन्त्र वहाली भएको उद्घोष भयो । राजतन्त्र ढलेको एक दशक वितिसक्यो । त्यसपछि बनेको जनसरकारले पूर्व राजा र राजपरिवारका नाममा रहेका  विभिन्न स्थल, सरकारी संयन्त्र, शिक्षण संस्था तथा अन्य संघ संस्थाको समेत नाम परिवर्तन गर्ने औपचारीक उद्घोष नै गरिदियो । राजाका शालीकहरु त आन्दोलनकै क्रममा ढालिसकेका थिए ।  

यद्यपि, त्यो परिवर्तनको उपलब्धि रक्षाका लागि सरकारले खास कुनै नीति र विधि तय गरेन । विना अध्यन राज परिवारका नाम रहेका संघ संस्थाको नाम परिवर्तन भए । लहडमै वायु सेवा निगमको पनि नाम फेरियो । गणतन्त्र वहालीपछि शाही नेपाल वायु सेवा निगमको नाम परिवर्तन गरी नेपाल वायुसेवा निगम बनाइयो । भयो त केवल अगाडिको ‘रोयल’ शब्द काट्ने काम मात्रै । बोर्डमा मात्रै त्यो शब्द मेटाइयो । अगाडिको अंग्रेजी ‘रोयल’ शब्द काटेर पछाडिको ‘एनए’ विकाउन थालियो । विमानमा एनए लेखियो, निगमको बोर्डमा एनए लेखियो ।

तर, त्यही एनएको काउन्टरमा अहिले पनि ‘आरए’ लेखिएको कसैले ख्याल गरेका छैनन् । थुप्रै पटक मन्त्री र प्रधानमन्त्रीले विमानस्थल सम्बन्धित संस्थाको छड्के निरीक्षण पनि गरे । कयौं पटक एनएकै विमान चढेर विदेश शयर गर्ने प्रधानमन्त्रीहरुको दिमागमा अझै आफ्नो मुलुकको राष्ट्रिय ध्वजावहाकको अन्तर्राष्ट्रिय कल साइन के हो भन्ने समेत घुसेको छैन ।

अहिलेसम्म नागरिक उड्डयन मन्त्री भएकाहरुले समेत कलसाइनबारे खोज खबर गरेनन् । नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही जब इन्टरनेशल सिभिल एभिएशन अर्गनाइजेशन आइकाओमा पुगे तब चित खाए ।

उनले हाम्राकुरासँग भने, ‘मैले पनि ख्याल गरेको थिएन । जब म आइकाओमा पुगे त्यहाँ नेपालको कलसाइन सम्झाइयो । तब सम्झिए । हुन त मैले त्यत्रो वर्ष हवाई क्षेत्रमा काम गरे । याद गरेको थिएन ।’ हाम्रो कल साइन आरए नै रहेछ, मन्त्री शाहीले अगाडि थपे, ‘हुन त यो सबैले सामान्य ठानेका छन् । तर, आइकाओ पुगेपछि मलाई लज्जित बनायो । कल साइन अर्कै र हाम्रो एयरलाइन्स अर्कै ।’

मन्त्री शाहीले भने, ‘आइकाओमा आरए भनेर कल साइन दर्ता छ । मलाई त्यहाँ अंज्रेजीमा सम्झाइयो । यो विषयमा सोच्नुस् भनियो । अन्तर्राष्ट्रिय स्टेशनहरु जति पनि छन् ति सबैमा आरएनए छ । कल साइन भने आरए नै हो । रोयल नेपाल एयरलाइन्स ।’ अहिले पनि विमानले एयर ट्राफिकसँग सम्पर्क गर्दा पनि सुरुमै आरए उच्चारण गरिन्छ ।
 

सामान्नय लाग्ला तर अन्तर्राष्ट्रियस्तमा दुर्घटना भयो भने यसको असर थाहा हुनेछ
मन्त्री शाहीले भावाशेषमा आएर गरेको नाम परिवर्तनले नेपाललाई कुनै पनि बेला अफ्ठ्यारो पर्न सक्ने बताएका छन् । उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय हवाई यात्रा गर्नेले अहिले दुःख पाइरहेकै छन् । उनीहरुले एनएको विमान भनेर खोज्छन् । कहीँ भेटिदैन । काउन्टरमै आरए लेखिएको हुन्छ ।’ यो लापर्वाहीले कयौं पटक नेपाली अर्थात् नेपाली राष्ट्रिय ध्वजावहाक चढ्नेले दुःख पाए होलान् ।

शाहीले भने, ‘मैले यो परिवर्तन गर्न आवश्यक छ भनेको छु । तर, जति मरिहत्ते गरेपनि कलसाइन परिवर्तन गर्न सकिने अवस्था छैन । मैले सबैलाई भने केही गरी एनए नै बनाउन सकिन्छ भने बनाऔँ । जति खर्च गरे पनि सम्भव छैन भन्ने कुराहरु पनि आए ।’ हुन त आरए नै राख्दा पनि फरक पर्दैन । तर, कलसाइन एउटा र निगम अर्को भने कुनै पनि हालतमा हुँदैन । अर्को कुरा निगमको कार्यविभाजन पनि आवश्यक छ ।

रोयल शब्दलाई निरंकुश ठानियो
मन्त्री शाहीका अनुसार रोयल शब्दलाई शाही मात्र भन्ने बुझियो । शाहीले भने, 'त्यो शब्द राजसंस्थाबाटै आएको भएपनि त्यसको अर्थ उत्तम, उत्कृष्ठ भन्ने हुन्छ ।' खासमा राेयललाई प्रतिष्ठित भन्ने गरिन्छ । कलेजका नाम अंग्रेजी राख्ने । विद्यालयलाई स्कुल भनेर चिनाउने तर, त्यही आरएको कल साइनलाई प्रयोगमा किन नल्याउने रोयल नेपाल राख्न सकियो, मन्त्री शाहीले थपे, ‘त्यसैलाई मोडिफाइ गरेर रिपब्लिक बनाउन सकियो ।

यस विषयमा निगमको बोर्डमा छलफल हुने कुरा छ । म बोर्डमा छैन । तर, छलफलका लागि मैले पहल गरिरहेको छु ।’ हामीलाई यसले घाटा मात्रै गरेको छैन लज्जित बनाइरहेको छ ।

यस्तै, आइकाओमा नेपाली जहाजको कल साइन आरए भनेर दर्ता भएकाले एनएले अन्तर्राष्ट्रिय रुपमा वैधानिकता पाएको छैन । आरएकै नाउ बेचेर निगमले जहाँज उडाइरहेको कहीँ छिपेको छैन । राजनीतिक परिवर्तनको आवरण दिएर छिपाउने काम भयो । तर, पुनःस्थापना भएन वा पुनःसंरचना भएन ।

नेपालले कलसाइन परिर्वतन गर्न सक्ने तर, आरए लाई एनए बनाउन नसकिने मन्त्री शाही बताउँछन् । कारण आइकाओमा एनएको नामबाट नाइजेरियन एरलाइन्स नाम दर्ता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ