arrow

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
durga-prasai-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् । 

गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् । 

गत चैत ५ गते सर्वोच्च परिसरमा प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धितालका साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।

खड्का र धिमाललाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको बेला सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गर्दै इजाजतपत्र दिन नहुने हतियारलाई इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ