arrow

राष्ट्रिय सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
upper-house2.jpg

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ । 

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनेछन् । 

साथैअध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।  

 त्यस्तै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ